सूचनाको शक्ति - The Power Of Information

        

३३ सेकेन्डमा १० वटा खुर्सानी खाएर विश्व रेकर्ड

संयुक्त राज्य अमेरिकाका एक व्यक्तिले विश्वको सबैभन्दा ताता क्यारोलिना रिपर खुर्सानी चाँडो खाएर गिनिज वल्र्ड रेकर्ड (जीडब्लुआर) बनाएका छन् ।

क्यालिफोर्नियाका निवासी ग्रेगरी फोस्टरले सेप्टेम्बर १७ मा ३३.१५ सेकेन्डमा १० वटा ती खुर्सानी खाएर उक्त कीर्तिमान राखेको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ ।

पछिल्लो उपलब्धिसँगै फोस्टरले ९ महिनाअघि ८ दशमलव ७२ सेकेन्डमा तीन क्यारोलिना खुर्सानी खाएको आफ्नै कीर्तिमान तोडेका हुन् । उनले छोटो समयमा अहिलेसम्मकै सबैभन्दा तातो खुर्सानी खाने कीर्तिमान बनाएका छन् ।

फोस्टरले तातो हट सस कम्पनीको मालिक हुन् र आफ्नो खेतमा आफ्नै खुर्सानी उब्जाएका छन् । ‘मलाई लाग्छ, यो पीडाको जोश हो,’ उनले जीडब्लुआरलाई भने । उनले पछिल्लो अनुभवलाई जतिसक्दो चाँडो कोइला खाने प्रयाससँग तुलना गरे ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतवार १०:०८