सूचनाको शक्ति - The Power Of Information

        

अमृत तुल्य ज्वानोका १३ चमत्कारिक फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो भने या औषधीकै रूपमा मात्र प्रयोग गर्ने हो भने हाम्रो जीवन स्वस्थ्य रहनेछ ।

भान्छामा सहजै पाइने ज्वानो एक प्रकारको औषधी नै हो । ज्वानोलाई पेट दुखेको औषधीका रूपमा बढी चर्चा गरिन्छ । पेट दुखेको बेला ज्वानोको दाना चपाएर खाए पेट दुखेको निको हुन्छ । ज्वानोको गेडामात्र नभएर तेल, फूल र बोटबिरुवालाई समेत विभिन्न रोगमा औषधीका रूपमा प्रयोग गरिन्छ ।

मसिना किराहरूलाई घरबाट भगाउन समेत यसको प्रयोग गर्न सकिन्छ । कानको दर्द, दाँतको दुखाई र रुघाखोकी, मुटुका समस्या, जोर्नीका समस्या र नाक बन्द हुँदा समेत यो अति प्रभावकारी हुन्छ ।

ज्वानो एक मसला भएकाले यसले खानामा सुगन्ध थप्छ । अजवाइनले खानामा स्वाद दिनुका साथै स्वास्थ्यको लागि पनि फाइदा पुर्याउँछ । ज्वानोको फूल फल तेल सबै औषधीको रुपमा प्रयोग हुन्छ । यसको फूलमै यस्तो औषधी हुन्छ की यसलाई सुँघ्दा मात्र नै टाउको दुखाई हटेर जान्छ ।

के–के छन् ज्वानोका फाइदा :

१. पेटको दुखाईबाट तुरुन्त आराम – पेटमा एकदमै कम मात्रामा अल्कोहल हुन्छ । यसकारण पेटको दुखाईमा तुरुन्त आराम मिल्छ । ज्वानो कालो नुनको साथमा मिलाएर पानीको साथ पिउँदा पाचन प्रणालीमा सुधार भएर आउँछ । जसको कारण अपच, ग्याष्ट्रिक लगायतका पेटको समस्या दूर भएर जान्छ । नियमित ज्वानो लिने गरेमा हत्तपत्त पेटको समस्याले सताउँदैन ।

२. सर्दीबाट बचाउँछ – लगातार १५–२० दिनसम्म दुई ग्रामको दरले अजवाइन खानुहोस् । यसो गर्नाले तपाईको कफ, सर्दी माइग्रेन हटेर जान्छ । यसका साथै ज्वानो पानीमा मिसाएर बाफ पनि लिन सक्नुहुन्छ । पानीको साथ ज्वानो चपाउँदा पनि फाइदा गर्छ । ज्वानोको पात, कालो मरिस, तुलसी, अलैँची मिसाएर चिया पिउनाले राम्रो गर्छ ।

३. हैजाका किटानु मार्छ – हैजाका कारक किटाणुहरूलाई मार्नमा ज्वानो सहायक हुने भएकाले हैजामा ज्वानो सेवनको सल्लाह दिइन्छ ।

४. डायविटिज नियन्त्रण गर्छ – डायविटिजको विरामीले एक चम्चा ज्वानोको दानामा चार चम्चा बेलको रस मिसाएर दिनको २–३ पटक पिउनाले फाईदा गर्छ ।

५. दमका विरामीलाई फाइदा गर्छ – दम रोग लागेकोमा ज्वानोको धुवाँ लिँदा सास फेर्न सहज बनाउँछ । ज्वानो र सखर मिलाएर दैनिक खाने हो भने दम रोगलाई निकै फाइदा पुर्याउँछ ।

६. जाँडरक्सीको नशा हटाउँछ – जाँडरक्सीको कुलतमा फसेका व्यक्तिले तातो पानीसँग ज्वानो खाएमा नशा छुटाउन मद्धत गर्छ ।  ज्वानो प्रयोग गरेर बनाइएको ‘काँढापानी’ प्रत्येक रात सुत्नेबेला ३० मिलिलिटर करिब ५० दिनसम्म सेवन गर्ने हो भने यसले रक्सी अम्मली हटाउन सहयोग गर्छ ।

७. किड्नीको स्टोन हटाउँछ – किड्नी स्टोनको घरेलु उपचारको लागि ज्वानोको प्रयोग गर्न सकिन्छ । ज्वानोको दानासंग त्यति नै मात्रामा मह मिसाएर १० दिनसम्म सेवन गरे किड्नीको स्टोन घुलेर पिसाबसंग बाहिर निस्कन्छ ।

८. गर्भवती महिलाको लागि फाइदाजनक – गर्भावस्थामा महिलाको शरिरमा विभिन्न बदलावहरु आउँछन् । यस्तो बेलामा पाचन प्रणालीमा निकै असर पुग्छ । त्यसको लागि ज्वानो सेवन गर्दा फाईदा पुग्छ । बच्चा जन्मेपपछि पनि ज्वानो सख्खरको साथ खानाले शरिरमा रक्त सञ्चार राम्रो हुन्छ भने दुधको मात्रा पनि बढ्छ ।

९. कानको दुखाई हटाउँछ – कानको दुखाइ सर्दी लागेको बेला र जाडो महिनामा बढि हुन्छ । ज्वानोमा हुने एन्टीब्याक्टेरिया, एन्टीसेप्टिक लगायतका तत्वहरु हुन्छन् । यसले कानको दुखाई हटाउँछ । ज्वानोलाई अदुवा वा सर्सिउँको तेलमा राखेर तताउनुहोस् । त्यसलाई छानेर केही थोपा कानमा लगाउनुहोस् ।

१०. दाँतको दुखाई हटाउँछ – दाँत दुखेर हैरान हुनुभएको छ भने ज्वानो पानीमा हालेर उमाल्नुहोस् । सो पानीले मुख कुल्ला गर्नुहोस् । त्यसैगरी ज्वानोको टुक्रालाई दुखेको दाँतको विचमा राखेर चेप्नुहोस् । यसो गर्नाले दाँत दुखेको हटेर जान्छ ।

११. पेटको रोगबाट बचाउँछ – पाइल्स भएमा ज्वानो कालो नुनमा राखेर दैनिक सेवन गर्नाले फाइदा मिल्छ । उल्टी भएमा ज्वानो चपाएमा रोकिन्छ । ज्वानोको पात सेवन गर्नाले पेटको रोगहरु लाग्नबाट बचाउँछ ।

१२. तौल घटाउन मद्दत गर्छ – ज्वानोमा पेटमा भएका धेरै रोगलाई हटाउने सामथ्र्य छ । यसले दिसा खलास बनाउँछ र तपाइको तौल घटाउनमा समेत सहयोग पुर्याउँछ ।

१३. जलेको दाग हटाउँछ – शरीरको कुनै पनि भाग जलेर दाग बसेको छ भने ज्वानोको पेष्ट बनाएर लगाउनुहोस् । दाग हटेर जान्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतवार ०८:२५