सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाकाे चुनावी सभामा मनिषा काेइराला

चर्चित अभिनेत्री मनिषा कोइराला काठमाण्डाैमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी सभामा सहभागी हुनु भएको छ ।

आज शुक्रवार काठमाण्डाैकाे वसन्तपुरमा आयोजित पार्टीको चुनावी सभामा अभिनेत्री काेइराला सहभागी हुनु भएको हो । बलिउडमा चर्चा कमाउनु भएकी अभिनेत्री कोइराला राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको साथमा कार्यक्रममा सहभागी हुनु भएको छ ।

नेपाली कांग्रेसका संस्थापक एवम् नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकी नातिनी अभिनेत्री कोइरालालाई कार्यक्रममा सहभागी हुँदा ताली बजाएर भव्य स्वागत गरिएको छ ।

यसअघि आजै अभिनेत्री कोइरालाले पोखरामा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै वीपी विचार बोकेकाले राप्रपालाई आफूले रोजेको बताउनुभएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार २०:२७