सूचनाको शक्ति - The Power Of Information

        

अस्थायी मतदाताका लागि १ सय ४१ वटा मतदान केन्द्र स्वीकृत (सूचीसहित)

निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि एक सय ४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ ।

२०७२ सालमा लागू भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको हो ।

त्यही व्यवस्थाअनुसार मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई खटिएकै केन्द्रबाट मतदान गर्ने गरी व्यवस्था गरिएको आयोगले जनाएको छ ।

अस्थायी मतदाता हुनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

आयोगले एउटा जिल्लामा बढीमा आठ र घटिमा एक वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ । अस्थायी मतदाताको सूचीमा चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मी, जेलमा बसेका कैदीबन्दीलगायत रहेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार २०:४७