सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचनमा दुई लाख बढी कर्मचारी खटिने

निर्वाचन आयोगले आउँदो निर्वाचनमा दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाउने तयारी गरेको छ ।

आयोगले केन्द्रीय कार्यालय, सात प्रदेश कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणना कार्यसमेतका लागि सुरक्षा निकायबाहेक दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाउन लागेको हो ।

जनशक्ति व्यवस्थापन निर्देशिकाले व्यवस्था गरेबमोजिम देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी नियुक्ति गरिसकेको र अहिले तालिम सञ्चालन भइरहेको आयोगले जनाएको छ ।

जनशक्ति व्यवस्थापन निर्देशिकाअनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले निजामती सेवा र सार्वजनिक निकायमा काम गर्ने कर्मचारीलाई पदीय हिसावले विवरण लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सिफारिस गरेका थिए ।

सिफारिस भएका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गरिसकेको छ । कर्मचारी मतदानको तीन दिन अगाडि नै मतदानस्थलमा पुगिसक्नुपर्ने छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १८:०७