अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले नेपाल आएको मौका सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवाको तस्विर खिच्न सफल भएकी छिन् । पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेको बताएकी छिन् ।
उनले ५ हजार ४८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन् । निकै साहासी फोटोपत्रकार पवलोस्कीले ५ हजार १६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको वेभसाइटमा जनाएकी छिन् ।
तल देखिएको पाइलाका आधारमा पछ्याउँदै जाँदा मैले कैद गर्न खोजेकै जनावर फेला पार्दा मौसम असाध्यै अप्रत्यासित रहेको उनल बताएकी छिन् । उत्कृष्ट दृश्य पाउनका निम्ति मैले उचाइ चढ्नैपर्थ्यो भन्ने आँटले यो काम गर्न सफल भएको बताउँदै हिउँ चितुवा कैद गर्नका निम्ति गोरकशेपबाट उनी बिहान ४ बजे निस्किएकी थिइन् ।
‘मौसम असाध्यै अप्रत्यासित थियो तर उत्कृष्ट दृश्य पाउनका निम्ति मैले उचाइ चढ्नैपर्थ्यो । तल देखिएको पाइलाका आधारमा पछ्याउँदै जाँदा मैले कैद गर्न खोजेकै जनावर फेला पारेँ,’ उनले भनेकी छन्, ‘गोधुली साँझ वा मिर्मिरे बिहानमा हिउँ चितुवा निकै आकर्षक देखिन्छ । उचाइमा पुगेर मलाई आकर्षक तस्बिर कैद गर्नु थियो म त्यसमा सफल भएँ ।’
अन्ततः बिहानीपखको गोधुली साँझ र मिर्मिरेमा उनले हिउँ चितुवा निकै आकर्षक दृश्य खिचेर आज संसारलाई देखाइन् । उनले खिचेको तस्वीरमा सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखेपछि तस्वीर खिचेको उनले आफ्नो वेभसाइटमा लेखेकी छन् । छ । फोटोग्राफर किटी वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्छिन् ।
सत्यपाटी संवाददाता । काठमाडौं