सूचनाको शक्ति - The Power Of Information

        

वाणिज्य बैंकको वित्तीय अवस्था, कुन बैंकमा सेयर लगानी उत्तम ?


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २७ वटा वाणिज्य बैंकले चालू आर्थिक वर्षको ९ महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश बैंकको प्रतिसेयर आम्दानी घटेको छ भने केही बैंकको खुद मुनाफा घटेको छ । चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार कुन बैंकको अवस्था कस्तो छ, हेरौं ।

पाँच बैंकको चुक्ता पुँजी अझै ८ अर्ब पुगेन
नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब रुपैयाँको सीमा नेप्सेमा सूचीकृत २७ वटा बैंकमध्ये ५ वटाले अझै कटाएका छैनन् । चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा चुक्ता पुँजी नपुर्याउने बैंकमा एनएमबी बैंक, कुमारी बैंक, सिभिल बैंक, एनसिसी बैंक र बैंक अफ काठमाण्डू रहेका छन् ।

कुन बैंकको चुक्ता पुँजीको अवस्था कस्तो ?
६ वाणिज्य बैंकको खुद मुनाफा घट्यो
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंकमध्ये ६ बैंकको खुद मुनाफा घटेको छ भने एनसिसी बैंकले सर्वा्धिक नाफा कमाएको छ । बैंकको खुद मुनाफा अघिल्लो वर्षको तुलनामा २ सय २४ दशमलब ५३ प्रतिशतले बढेको छ । नाफा घट्ने ६ बैंकमा ग्लोबल आइएमई, माछापुच्छ्रे, मेगा, नेपाल बंगलादेश, एनआइसी एसिया र प्रभु बैंक रहेका छन् ।

कुन बैंकले कति कमाए नाफा ?

चार बैंकको घट्यो खुद ब्याज आम्दानी, जनता बैंकले बढायो सर्वाधिक
चैत मसान्तसम्म आइपुग्दा चार बैंकले अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी घटाएका छन् । खुद ब्याज आम्दानी घटाउने बैंकमा कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, एनसिसी बैंक र प्रभु बैंक रहेका छन् । यता जनता बैंक नेपालले भने खुद मुनाफामा उल्लेख्य वृद्धि गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा खुद मुनाफा १ सय ११ प्रतिशतले वृद्धि गरी १ अर्ब ५७ करोड रुपैयाँ कमाएको छ ।

कुन बैंकको ब्याज आम्दानी कति ?
चार बैंक बाहेक अन्य बैंकको प्रतिसेयर आम्दानी नकारात्मक
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ बैंक बाहेक अन्य बैंकको प्रतिसेयर आम्दानी नकारात्मक छ । प्रतिसेयर आम्दानी बढाउनेमा सिभिल बैंक, ग्लोबल आइएमई बैंक, एनसिसी बैंक र प्राइम कमर्सियल बैंक छन् । नबिल बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा बढी छ । बैंकको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७३ पैसा रहेको छ । बैंकको प्रतिसेयर आम्दानीमा अघिल्लो वर्षको तुलनामा ११ रुपैयाँ ८६ पैसाको गिरावट आएको हो ।

कुन बैंकको प्रतिसेयर आम्दानी कति ?
१३ बैंकको निस्क्रिय कर्जा घट्यो
सामान्यतया निस्क्रिय कर्जा न्यून भएका कम्पनीहरुलाई राम्रो मानिन्छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ वटा बैंकले निस्क्रिय कर्जा घटाएका छन् भने अन्यको बढेको छ ।

कुन बैंकको निस्क्रिय कर्जा कति ?

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार ००:४९