सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम : पहाडी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ।

राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहनेछ।

बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ।

राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार ०६:४९