काठमाडौं महानगरका मेयर बालेनले निर्वाचन आयोगलाई जवाफ पठाउनु भएकाे छ ।
निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसार बारे स्पष्ट पार्न भनेको थियो ।
सो को जवाफ दिँदै बालेनले उक्त पार्टीमा आफ्नो आबद्दता नभएको भन्दै आफ्नो नाम लिएर प्रचार गरिएको हो भने कारबाही गर्दा हुने जवाफ पठाएका छन्।
सत्यपाटी संवाददाता । काठमाडौँ