सूचनाको शक्ति - The Power Of Information

        

रुपन्देहीमा माइक्रो बसको ठक्करबाट युवकको मृत्यु

रुपन्देहीको सिद्धार्थनगरस्थित आवारोडमा माइक्रोबसले साइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

आइतबार दिउँसो लु १ ख ६९९३ नम्बरको माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका २२ वर्षीय एक युवकको गएराति भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र परिचय नखुलेका ती मृतक युवकको पहिचानको खोजी भइरहेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार ०८:२६