अष्ट्रेलियामा जारी विश्वकप टि-२० क्रिकेटको सेमिफाइनलकाे समिकरण तय भएको छ ।
सुपर १२ चरणका खेलहरु आइतबार सकिएसँगै भारत, पाकिस्तान, इंग्ल्याण्ड र न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका हुन् । बुधबार सिड्नीमा हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले न्युजिल्याण्डको सामना गर्ने भएकाे छ ।
समूहको अन्तिम खेलमा बंगलादेशलाई हराउँदै पाकिस्तान समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । यो समूहमा भारत विजेता बन्दै सेमिफइनलमा पुग्यो ।
आइतबारको खेलमा नेदरल्याण्ड्ससँग दक्षिण अफ्रिका पराजित भएपछि पाकिस्तानको भाग्य खुलेको हो । एड्लेडमा बिहिबार हुने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भारत र इंग्ल्याण्ड भिड्ने भएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ