बाँकेको कोहलपुरमा दुई दिने सामुदायिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकको संयुक्त बैठक एवं क्षमता विकास सम्बन्धी तालिम आइतवार समापन भएको छ ।
कोहलपुर नगरपालिकामा शैक्षिक क्षेत्र सुधारको प्रयासका लागि तालिम आयोजना गरिएको छ । यसका लागि नगरपालिकाले विभिन्न प्रयास थालनी गरेको छ । कोहलपुरलाई शैक्षिक हवका रुपमा विकास गर्ने योजना सहित नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिइरहेको जनाएको छ ।
नगर प्रमुख पुर्णप्रसाद आचार्यले शैक्षिक क्षेत्र सुधारका लागि धेरैै प्रयास भइरहेको बताए । कोहलपुरको सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिने उनले बताए ।
तालिमको शिक्षाविज्ञ जितबहादुर शाहले सहजिकरण गरेका थिए ।
सत्यपाटी संवाददाता । बाँके