सूचनाको शक्ति - The Power Of Information

        

राजश्व आम्दानी र विकास खर्च न्यून, चालू खर्च अधिक

आर्थिक वर्षको साढे तीन महिना बितिसक्दासमेत सरकारले चालू खर्च धान्न सक्ने गरी राजश्व उठाउन सकेको छैन ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक पूरा भएर १८ दिन नाघिसक्दा पनि सरकारले राजश्व लयमा ल्याउन नसकेको हो ।

सरकारले १८ कात्तिक शुक्रबारसम्म २ खर्ब २८ अर्ब २ करोड २९ लाखमात्र राजश्व उठाउन सकेको छ । यो अवधिमा ३ खर्ब ९ अर्ब ३८ लाख ५६ हजार रुपिया खर्च भइसकेको छ ।

आन्तरिक महालेखा परीक्षक कार्यालयका अनुसार हालसम्म गरेको कुल आम्दानी २ खर्ब ५४ अर्ब ७८ करोड ५२ लाख छ । यो भनेको खर्चको तुलनामा ५४ अर्ब ६० करोड ४ लाखले कम हो ।

कुल आयभन्दा व्यय बढी भएको साढे ५४ अर्ब पूर्ति गर्नका लागि सरकारसँग आन्तरिक कर्जा लिनेबाहेक विकल्प छैन ।

स्रोत : राजधानी दैनिक
प्रकाशित मिति : २० कार्तिक २०७९, आइतवार ०७:२७