सूचनाको शक्ति - The Power Of Information

        

बजारमा साढे २१ करोड कित्ता शेयर निष्काशन


काठमाडौं । चालू आर्थिक वर्षको साउन महिनादेखि हालसम्ममा विभिन्न कम्पनीहरुको २१ करोड ४८ लाख ९५ हजार ३५ दशमलव ९१ कित्ता हकप्रद शेयर निष्काशन भएको हो । यस अवधिमा वाणिज्य बैंकको ९ करोड २८ लाख १६ हजार ६३८ दशमलव २२ कित्ता र विकास बैंकको ७ करोड २९ लाख २ हजार २३८ दशमलव ९७ कित्ता शेयर निष्काशन भएका छ ।
त्यसैगरी माइक्रोफाइनान्स कम्पनीको ५६ लाख ६४ हजार ३१३ कित्ता, विमाको २ करोड ७८ लाख ७२ हजार ५२० दशमलव ४१ कित्ता र फाइनान्सको १ करोड ५६ लाख ३९ हजार ३२५ दशमलव ३१ कित्ता गरी जम्मा २१ करोड ४८ लाख ९५ हजार ३५ दशमलव ९१ कित्ता हकप्रद शेयर निष्काशन भएको हो । नेप्सेमा २०६ वटा कम्पनीहरु सूचीकृत रहेका छन् ।
जसमा वाणिज्य बैंक २७ वटा, फाइनान्स २८ वटा, होटल ४ वटा, उत्पादन तथा प्रशोधन १८ वटा, अन्य ४ वटा, जलविद्युत् १८ वटा, टेडिङ ४ वटा, विकास बैंक ३१ वटा, लघुवित्त ३६ वटा, बीमा २२ वटा, म्युचल फण्ड १३ वटा र प्रफेन्स शेयर १ वटा रहेका छन् । जसमा ५ वटा वाणिज्य बैंक, १४ वटा विकास बैक, ५ वटा माइक्रोफाइनान्स, ७ वटा इन्स्योरेन्स कम्पनी, ८ वटा फाइनान्स कम्पनीहरु गरी ३९ वटा कम्पनीहरुले हकप्रद शेयर निष्काशन गरेको छ ।

वाणिज्य बैक
यस अवधिमा पाँच वाणिज्य बैंकहरुले हकप्रद शेयर निष्काशन भएको छ । जसमा मेगा बैकले १० बराबर ६.५ को अनुपात अर्थात ६५ प्रतिशत, सिभिल बैंकले १० बराबर ४ को अनुपातमा अर्थात ४० प्रतिशत, प्रभु बैंकले १० बराबर ४ को अनुपातमा अर्थात ४० प्रतिशत, कुमारी बैंकले १० बराबर २ को अनुपातमा अर्थात २० प्रतिशत र सिद्धार्थ बैकले १० बराबर १ को अनुपातमा अर्थात १० प्रतिशत शेयर निष्काशन गरेको हो ।

विकास बैंक
विकास बैंकहरुमा १४ वटा कम्पनीहरुको हकप्रद शेयर ७ करोड २९ लाख २ हजार १२८ कित्ता शेयर निष्काशन भएको छ ।

लघुवित्त
लघुवित्तहरुमा ५ वटा कम्पनीहरुको हकप्रद शेयर ५६ लाख ६४ हजार ३१३ कित्ता शेयर निष्काशन भएको छ ।

बीमा
बीमा कम्पनीहरुमा ७ वटा कम्पनीहरुको हकप्रद शेयर २ करोड ७८ लाख ७२ हजार ५२० दशमलव ४१ कित्ता शेयर निष्काशन भएको छ ।

फाइनान्स
फाइनन्स कम्पनीहरुमा ८ वटा कम्पनीहरुको हकप्रद शेयर १ करोड ५६ लाख ३९ हजार ३२५ दशमलव ३१ कित्ता शेयर निष्काशन भएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार ०५:०२