सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा एक हजार ९५९ जना म्यादी परिचालन

म्यादी प्रहरी । फाइल तस्वीर ।

प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि बाँकेमा एक हजार ९५९ जना म्यादी परिचालन गरिएको छ ।

देशभर १ लाख १५ हजार म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन सुरक्षामा परिचालन गरिएको केन्दीय प्रहरी प्र्रवक्ता (डीआईजी) टेक प्रसाद राईले बताए ।

म्यादी प्रहरीले असोज ३० बाट नियुक्तिपत्र लिएका हुन् । सुरक्षासम्बन्धी करिब एक साताको तामिल पुरा गरेका म्यादी प्रहरीहरु ४० कार्यदिन निर्वाचन सुरक्षामा खटिने छन् ।

मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि म्यादीलाई थप ४ दिन परिचालन गरिने डीआईजी राईले बताए ।

मनाङ जिल्लामा सबैभन्दा धेरै २ सय २८ जना म्यादी प्रहरी परिचालन गरिएको छ ।

मुस्ताङमा २ सय ८५ जना म्यादी भर्ना गरिएको छ ।

बर्दियामा एक हजार ५३४ जना म्यादी परिचालन गरिएको छ । दाङमा १ हजार ९२० म्यादी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निर्वाचन केन्द्र र मतदान स्थलको संवेदनशीलताका आधारमा जिल्लागत रुपमा म्यादी प्रहरीको संख्या निर्धारण गरिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार १७:५३