सूचनाको शक्ति - The Power Of Information

        

गठबन्धनको स्पष्ट बहुमत आउछ: काँग्रेस प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन बाँकेले शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता महतले आगामी मंसिर ४ मा हुने निर्वाचनमा आम नेपाली जनताले कांग्रेस नेतृत्वकै सरकार चाहेकाले गठवन्धनलाई नै जिताउने जिकिर गरेका हुन् ।

स्थायीत्व, संविधानको रक्षा र समृद्धिका लागि पनि अहिले काँगे्रसले जित्नु अनिवार्य भएकाले जनता कांग्रेसप्रति नै विश्वस्त रहेको उनको भनाई थियो । देशैभरि पाँच दलीय गठबन्धनका उम्मेदवार उठेका र यो वा त्यो पार्टी नभनी ती उम्मेदवारलाई जिताउन सक्रिय रूपमा लाग्न पनि उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

बाँकेमा गठवन्धनका उम्मेदवार अन्य पार्र्टीका भन्दा योग्य रहेको भन्दै उनले असन्तुष्टिलाई विर्सेर रुख र गठवन्धनकै उम्मेदवारका पक्षमा मतदान गर्नु अपील गरे ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार १७:४९