दुई जना महिलाहरु नगरपालिमाका नयाँ सञ्चालन गर्न लागेको पसल दर्ता गर्नको लागि भन्दै गेटैमा रहेका सुरक्षा गार्डलाई सोध्छन्–‘खाजा पसल दर्ता गर्ने ठाउ कहाँ हो नगरपालिकामा ?’ । सुरक्षा गार्ड ले सिधै औला ठ्ड्यादै मुख्य भावन तर्फ देखाउदै भन्छन्–‘त्यहि गएर सोध्नुहोस्, सबै भनिदिन्छन्’। ति महिलाहरु सरासार नगरपालिकाको मुख्य भवनको प्रवेशद्धार नजिकै जान्छन् । सोध पुछ कक्षमा पुग्छन् । उनीहरुले सिधै ति महिलाहरुलाई फारम भरेर आउनु भन्दै चौपारी निर रहेकी महिला समक्ष जान आग्रह गर्दछन् ।
ति महिला विचौलिया हुन । नगरपालिकामा आउने सेवाग्राहीहरुको फारम भरिदिएबापत चर्को सुल्क लिदै आएकी ति महिलालाई नगरपालिकाले स्वीकृत रुपमा नै कार्यालय परिषरमा बस्न दिएको छ । उनी जस्तै अन्य केही व्याक्तिहरु पनि नगरपालिकाको कार्यालय परिषरमा नै बसेर सर्वसाधारणबाट चर्को रकम लिदै आएका छन् ।एउटा सानो फारम भरिदिएबापत उनीहरुले न्युनतम् १ सय रुपैया देखि ५ सय रुपैयाँ सम्म लिदै आएका छन् । सेवा सेवाग्राहीले नाम नवताउने सर्तमा भने–‘आफै भर्न हुन्थ्यो, तर भित्र फेरी मिलेन भने गाली खाईन्छ, त्यहि भएर यहि भर्नु भन्दै विचौलियाले भन्ने गरेका छन् । ’
विहिवार एक्लै उनी मात्रै(विचौलिया) मात्रै उपस्थिति भएको समयमा करिव दर्जन भन्दा बढि सेवाग्राहीहरुले उनी संगै मात्रै फारम भरेका थिए । जसबाट नगद १ सय रुपैयाँ बुझाउदै आएका छन् । दर्ता चलानी फाँट संगै अन्य स्थानमा नगरपालिकाका कर्मचारीहरुको संख्या बढि नै छ तर सेवा ग्राहीहरुले भने बाहिरी विचौलियबाट सेवा लिन बाध्य भएका छन् ।
केही समय पहिला बुटवल उपमानगरपालिकाले आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख शिवराज सुवेदीले सर्वसाधारणको सेवाको लागि जनप्रतिनिधि सेवकको रुपमा प्रत्येक दिन नै खटाईको र उनले नै सेवा ग्राहीको सबै काम गरिदिएर अन्तिममा ‘ल तपाईंको काम भयो’ भन्दै फाईल हस्तान्तरण गर्दै आएको बताएका थिए । नगर प्रमुखले यस्तो भने पनि नगरपालिकामा यस्तो देखिदैन । केही नगर प्रमुख रहेको भवनमा केही मात्रामा फाईल अगाडी बढाउने कार्य भएपन मुख्य भवन रहेको स्थानमा भने सेवा ग्राहीहरु विचौलियबाट नै काम गराउदै आएका छन् । भवन निर्माण तथा भुकम्प सुरक्षा महाशाखाको अगाडी नै विचौलियाहरु बसेर सर्वसाधारणबाट चर्को शुल्क लिदै आएका छन् । सामान्य एक पानाको फारम भरेको शुल्क १ सय रुपैया देखि नक्सा दर्ता फारम लगायतका अन्य कार्य गरको अझ बढि रकम लिदै आएको पाइएको हो ।
नगरपालिका कुनै पनि व्यसाय दर्ता गर्नको लागि यदि घर धनी स्वयम् हो भने ३ प्रति फोटो, नागरिकताको प्रतिलिपी र जग्गा लालुर्जाको फोटोकपी भए पुग्छ । तर व्यसाय बाहलमा गर्ने हो भने घरधनी संगको सम्झौता पत्र चाहिन्छ । जसमा अवधी, भाडादर लगायतका कुराहरु र घरधनीको स्वीकृत सहितको हस्ताक्षर, पानी र विद्युत महसुल तिरेको विल पनि चाहान्छ । तर रोचक कुरा त के छ भने ति विचौलियाहरुले आफै रेडीमेट रुपमा घरधनी सम्झौता पत्र बनाईदिने गरेको पाइएको छ । विहिवार एक जना सेवा ग्राहीले घर धनी संगको सम्झौता पत्र नल्याएको बताएपछि ति विचौलियाले आफै रेडिमेटरुपमा नै फारम निकाली त्यहिबाट केहीस्थान भरेर आफै हस्ताक्षर गरेर दिने गरेको समेत पाइएको थियो ।
नागरिक वडापत्र बुङ्गो
कुनै पनि कार्यालयमा सेवाग्राहीले पाउने सेवा, हुने कार्य, सम्धिीत निकाय लगायत समय अवधी र शुल्क समेत तोकीएको नागरिक वडा पत्र अनिवार्य रुपमा राख्नुपर्ने व्यस्था छ । तर बुटवल उपमहानगरपालिकाले डिडिजल वडा पत्र राखिएका दावि गरेपनि केही समय पहिला राखिएको नागरिक वडा पत्र राख्ने स्थान अहिले खाली छ । मुख्य कार्यालयको बाँया सार्डमा होर्डिङ्गबोर्ड आकारमा राखिएको नागरिक वडा पत्रको हालत अहिले टिन मात्रै छ, अंक्षर एक दुई वटा पनि छैनन् । एक जना सेवा ग्राहीले भने–‘खोई यो त बुङ्गो जस्तो छ त, सबै उठाएछ, हावाले कहाँ हेर्ने ।’
यता, बुटवल उपमहानगरपालिकाका सूचना अधिकारी लेखनाथ पोखरेलका अनुसार कुनै पनि विचौलियाहरुलाई नगरपालिकाले परिषरमा बस्नको लागि स्वीकृत प्रदान नगरिएको जानकारी दिए । उनीहरु आफुलाई मन लाग्दाको समयमा आउने र बस्ने केही फारम भर्ने कुरामा सहयोग गर्ने गरेको जनाए । विचौलियाहरुले फारम भरेको समेत चर्को शुल्क लिएको भन्ने विषयमा नगरपालिका उच्च तहका कर्मचारीहरुसंग कुरा गरी यस विषयमा काम कारवाही अगाडी बढाउने समेत उनले जनाउ । उनले भने–‘नगरपालिकाले कुनै पनि स्वीकृत दिएको होईन, बस्नको लागि, चर्को शुल्क लिएको विषयमा कार्यालय प्रमुख संग बसेर यस विषयमा कुरा गर्ने छौं ।’
।