राष्ट्रिय मानव अधिकार आयोगले कालीकोटको तिलागुफा नगरपालिका–१० मा १२ कात्तिकमा भएको बम विस्फोटको घटनाको अनुगमन सुरु गरेको छ ।
कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।
आयोगले मंगलबार एक विज्ञप्ति जारी गरी घटनाको स्थलगत अनुगमन गर्न टोली पठाएको जानकारी दिएको छ ।
प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा यस्ता घटनालाई संवेदनशील रूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ ।
त्यस्तै घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाहरुको निःशुल्क र प्रभावकारी उपचार गर्न र आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न पनि आयोगले आग्रह गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति :
सत्यपाटी संवाददाता । काठमाडौँ