सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘छड्के २’ को पोष्टर सार्वजनिक

फिल्म ‘छड्के २’ को पोष्टर सार्वजनिक भएको छ । निर्माण टिमले फागुन १९ गतेलाई रिलिज मिति तय गरेको छ ।

ग्यांगस्टार लुक्स अनमोललाई  पोस्टरमा देख्न सकिन्छ । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्वाणा फिल्म स्कुल सह निर्माताको रुपमा रहेका छन् ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अनमोलको साथमा रविन तामाङ्ग, कमलमणि नेपाल, सृजना सुव्वाको साथमा डेव्यु नायिका रेशा आले मगरको मुख्य भुमिका रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १८:१४