सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा सडक दुर्घटनामा परी एकको मृत्यु, एक जना घाइते

बाँकेमा मगलबार भएको दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् ।

बाँकेको बिपि चोक बाट कोहलपुरतर्फ जाँदै गरेको बा १८ च ३६८३ नम्बरको टाटा सुमो र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ९७८० नम्बरको ट्रक जुध्दा एकको मृत्यु हुनुका साथै एक जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सुमो चालक विनोद पाण्डे र नेपालगञ्जकी व्यवसायी बिन्दु मगर घाइते भएकी हुन् ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको मगरको अवस्था हाल खतरामुक्त रहेको छ । घटनामा टाटा सुमोमा सवार संगीता मगरको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै, नेपालगञ्जको राँझामा चोकमा भे १ ब १७२१ नम्बरको मोटरसाइकल र लु ४९ स ६२३१ को मोटरसाइकल आपसमा जुध्दा दुवै मोटरसाइकलका चालक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा नेपालगञ्ज उपमहानगरपालिकाका सरसफाई शाखा प्रमुख अशोक केसी र मान बहादुर शाही गम्भीर घाइते भएका हुन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकलमा सवार बर्दियाका गोपाल काफ्ले पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १७:५२