सूचनाको शक्ति - The Power Of Information

        

किम- मुन ऐतिहासिक वार्ता

काठमाडौं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन मुन जे(इनबीचको ऐतिहासिक वार्ता चलिरहेको छ । शुक्रबार उत्तर कोरियाली नेता किम जोङ उन ले पहिलो पटक क्षिण कोरियाको असैन्य भूमिमा पाइला टेकेका थिए । त्यसयता उच्चस्तरीय वार्ता चलिरहेको छ ।दुई नेताबीच दक्षिण कोरियाली भूमिमा पर्ने पुनमुनजोमस्थित पीस हाउमा वार्ता भएको छ । दुई नेताले पुलमा बसेर पनि वार्ता गरेका छन् । लञ्ज ब्रेकपछि किम र मुनले पैदल हिँड्न बनाइएको पुलमा बसेर कुराकानी गरेका हुन् । लगतै वृक्षारोपण गरेका छन् । दुबैले बेल्चाबाट माटो हालेपछि हात मिलाएका थिए । शान्ति र समृद्धिको सन्देश दिन सामूहिक रुपमा रुख रोपेका हुन् ।वार्ताका क्रममा किमले सोलमा रहेको ब्लू हाउस भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । साथै राष्ट्रपति मुनलाई प्योङयाङ भ्रमणको निम्तो समेत दिएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार १०:१२