नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सबीच सम्झौता
।
काठमाडौं। नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सबीच कतारमा बिहीबार समझदारीपत्र एमओयू० मा हस्ताक्षर भएको छ। समझदारीपत्रमा नेपाल चेम्वरकोतर्फबाट उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कतार चेम्वरकोतर्फबाट खालिड जबार सुल्तान तवर अल कुवारीले हस्ताक्षर गरेका हुन्।दुईपक्षीय समझदारीपत्रमा भएको हस्ताक्षरपछि दुईदेशको आर्थिक अभिवृद्धि हुने विश्वास गरिएको छ। दुई देशबीचको व्यापार अभिवृद्धिमा पनि समझदारीले सहयोग गर्ने विश्वास चेम्बरले लिएको छ। समझदारीपत्रमा हस्ताक्षरपछि व्यापार व्यवसायको सूचना आदानप्रदान, प्रतिनिधिमण्डलको आदानप्रदानले दुवै देशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताइएको छ ।
।