काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा कृषि विकास बैंकको नाफा बढेको छ । बैंकले चालु आवमो ९ महिनामा नाफा बढाएर १ अर्ब ७८ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको थियो ।
बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा निष्क्रिय कर्जा घटेर ३।४९, निक्षेप लागत ७।१५, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात ९सीसीडी रेसियो० ७९।१३, आधार ब्याजदर १२।७२, ब्याजदर अन्तर ५।६१ प्रतिशत रहेको बैंकले जनाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ २० पैसा छ । जगेडा कोषको आकार बढेर ९ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले ९७ अर्ब १० करोड रुपैयाँ निक्षेप परिचालन गरी ९४ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
।