सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसको प्रतिज्ञा : ११ काम गर्ने, ९ काम नगर्ने !

नेपाली कांग्रेसले शनिवार घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणा पत्रमा ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारा दिइएको छ । घोषणा पत्रमा आगामी ५ वर्षमा कांग्रेसले गर्ने र नगर्ने कामहरूसहितको प्रतिज्ञा पनि उल्लेख गरिएको छ ।

कांग्रेसले गर्ने ११ काम र नगर्ने ९ वटा काम उल्लेख गरेर घोषणापत्र तयार गरेको छ । संघीय संसद र प्रदेशसभाले बनाउन बाँकी रहेको कानून निर्माण र परिमार्जन गरी १ वर्षभित्रमा संघीय प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाई प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने कांग्रेसले प्रतिज्ञा गरेको घोषणा पत्रमा उल्लेख छ ।

नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमलाई १०० दिनभित्रै विस्तार गरी कार्यान्वयन गर्ने, निजी क्षेत्रसँगको परामर्शमा खारेज, सुधार वा नयाँ निर्माण गर्नुपर्ने करीब २ दर्जन ऐनहरूको ‘ओम्निबस आर्थिक प्याकेज’ ६ महिनाभित्रमा ल्याउने प्रतिबद्धता कांग्रेसले गरेको छ ।

कांग्रेसले गर्ने र नगर्ने प्रतिज्ञा गरेको कामको सूची :

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार १३:४५