सूचनाको शक्ति - The Power Of Information

        

भाग्य होस् त यस्तो ! चिठ्ठामा एकै परिवारका ३ जनाले जिते जनही ६५ लाख

भाग्यको असली खेल हेर्न चाहनुहुन्छ भने चिठ्ठाको दुनियाँ नियाल्नुपर्छ । यहाँ मानिसको भाग्य जुनसुकै बेला बदलिन सक्छ । भाग्यमा हुनेहरु रातारात धनी बन्छन् । चिठ्ठाको संसार धेरै अनौठो छ ।

नेपालमा सबै प्रकारको चिठ्ठा प्रतिबन्ध छ । भारतका पनि धेरै राज्यहरूमा चिट्ठा प्रतिबन्धित छ । तर, अमेरिका, बेलायतजस्ता विकसित मुलुकमा भने ठूलो संख्याका मानिसहरू आफ्नो भाग्य चम्काउने प्रयास गर्छन् ।

अमेरिकाको एक परिवारका तीन जनाले चिठ्ठामा ६५–६५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्ने एक परिवारका तीन सदस्यले चिठ्ठाको टिकट किन्न एउटै नम्बर प्रयोग गरेका थिए ।

र भाग्यको खेल हेर्नुहोस्, यी तीनले ५० हजार डलर ९करिब ६५ लाख रुपैयाँ० पुरस्कार पाए । अधिकारीहरूका अनुसार एकै परिवारका तीन जनाले अक्टोबर १३ मा पिक छ ड्रको लागि ५–३–८–३–४ अंक भएको चिठ्ठा छनोट गरेका थिए । उक्त चिठ्ठा नम्बर विजेता भएको थियो ।

१ डलरको टिकट

समाचार अनुसार मेरील्याण्ड लटरीमा ६१ वर्षीय पुरुषले ह्याम्पस्टेडमा १ डलरको टिकट किनेका थिए । त्यसपछि उनको २८ वर्षीया छोरी र ३१ वर्षीय छोराले सोही पसलबाट सोही ड्रको टिकट किनेका थिए । तीनवटै टिकटमा विजयी संख्या ५–३–८–३–४ थियो । र सबैले ५० हजार डलरको नगद पुरस्कार प्राप्त गरे ।

भाग्य चम्कियो

लटरी अधिकारीहरूले भने कि खेलाडीहरूमध्ये एकले आफ्नो जितले नयाँ घर किन्न योजना बनाएका छन् । जबकि अन्य दुईले पुरस्कार रकम ब्यापारमा लगानी गर्नेछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार ०७:१९