नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीको हातबाट टीका ग्रहण गरिरहेका छन् । कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका बिहान ११ः३७ बजेदेखि सुरु भएको छ ।
आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेहरुले भने विहानैदेखि अनुकुलता अनुसार टीका लगाइरहेका छन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर भाइटीका पर्व मनाउने क्रम चलिरहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं