सूचनाको शक्ति - The Power Of Information

        

भारतले बनायो लिम्पियाधुरामा हेलिप्याड

भारतले लिम्पियाधुरा क्षेत्रको जोलिङकाङमा हेलिप्याड निर्माण गरिरहेको छ । जोलिङकाङमा निर्माण हुन लागेको हेलिप्याडमा दुईवटा ‘चिनुक’ र ६ वटा साना हेलिकप्टर एकैसाथ अवतरण गर्न सकिनेछ ।

१५० मिटर लम्बाइ र ३५ मिटर चौडाइ भएको हेलिप्याडको निर्माण कार्य अन्तिम चरणमा पुगेको भारतीय संचारमाध्यम (अमर उजाला)ले जनाएको छ । हेलिप्याड गर्ग एण्ड गर्ग कम्पनीले पाँच करोड लगानीमा निर्माण गरिरहेको हो ।

आदि कैलाश पर्वतको दर्शन र चीन सीमा नजिकैको यो हेलिप्याड रणनीतिक हिसाबले महत्वपूर्ण मानिएको छ । व्यास उपत्यका (घाँटी)मा भारतले आधा दर्जन हेलिप्याड निर्माण गरी हवाई ओहोरदोहोर गर्ने गरेको छ ।

जोलिङकाङबाट आदि कैलाश पर्वत दुई किलोमिटरको दूरीमा पर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले असोज २४ र २५ गते (अक्टोबर ११ र १२ तारिख) पिथौरागढ जिल्लाको भ्रमण गर्दैछन् । प्रधानमन्त्री मोदी हेलिकप्टरबाट जोलिङकाङको हेलिप्याडमा अवतरण गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार ०७:२१