संविधान दिवस, २०८० का अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
टुँडिखेलमा आयोजना गरिएको संविधान दिवस सम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ । गृह मन्त्रालय मूल आयोजक रहेको सो समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मार्च पास ब्यान्ड प्रदर्शनी गरेका थिए भने काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुरले विभिन्न संस्कृत झाँकीहरू प्रदर्शनी गरेका थिए ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।











सत्यपाटी संवाददाता । काठमाडौं