सूचनाको शक्ति - The Power Of Information

        

दिन-रात यौन इच्छा राख्दै परपुरुषसँग सम्भोगको मौका खोजिरहन्छन् यस्ता युवती

पौराणिक ग्रन्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ । तिनै ग्रन्थहरुका अनुसार पुरुषजस्तै नारीहरु पनि चार प्रकारका हुन्छन् । पद्यमिनी, चित्रिणी, शंखिनी र हस्तिनी । यी वर्गमा पर्ने नारीहरुका चरित्र र लक्षण पौराणिक ग्रन्थमा यसरी वर्णन गरिएको पाइन्छ )

पद्यमिनीको लक्षण

पद्यमिनी चरित्रका नारीहरुको शरीर न बढी पुड्को न धेरै अग्लो, सामान्य किसिमको हुन्छ । पूर्णचन्द्र जस्तै अनुहारको कान्ति र कमलपुष्प जस्ता नेत्र र सुगाको जस्तै सलक्क परेको नाक, हरिणकाजस्ता चञ्चल नेत्र, स्तन पुष्ट र ठाडा–ठाडा अर्थात श्रीफल जस्तै हुन्छन् ।

तिनको पुष्पझैं अंग हुने, कपाल काला चिल्ला र आँखा लामा हुन्छन् । आँखामा राता डोरा, कोकिलजस्तै वाणी तथा धनुषजस्तै आँखिभौं र राजहंशजस्तो गति, सिंहको जस्ता पातलो कमर, कमल नालजस्ता लामा हात, केराको थाम वा हात्तीको सुढजस्तै तिघ्रा भएकी र पेटमा त्रिवली रेखा भएकी, थोरै आहार हुने, थोरै निन्द्रा भएकी, दानी र उत्तम स्वभावका नारी पद्यमिनी कहिन्छन् । उनीहरु देव, ब्राहृमण, गुरु अतिथिी मान्ने स्वभावका हुन्छन् ।

उनीहरु प्रसन्न मद्राका हुन्छन् र योनिबाट बग्ने सुरत–जल कमलजस्तै सुगन्धित हुन्छ । उनीहरु थोरै नै समागमले सन्तुष्ट हुन्छन् र सात्विक आहार रुचाउँछन् । हाँसझैं ढल्की–ढल्की बिस्तारै हिंड्ने, नाच–गान मन पराउने, बत्तीस लक्षणयुक्त, पुत्रवती, सौभाग्यवती तथा चम्पाको पुष्पजस्तै देहको कान्ति भएकी फक्रेको कमल–पुष्पको कोसाको आकार जस्तै जननेन्द्रिय भएका नारीलाई नै पद्यमिनी भनिन्छ ।

चित्रिनीको लक्षण

चित्रिनी चरित्रका नारीहरुका सबै अंग कोमल र राम्रा हुन्छन् । न बढी अग्ली न धेरै पुड्की, पातलो सलक्क परेको शरीर हुन्छ । यिनीहरु सम्भोगमा सबै क्रिया राम्ररी जान्ने हुन्छन् । स्तन ठूला भएकी, सुगाको जस्तै नाक र ठूला चंचल नेत्र भएकी, सुवर्णको जस्तै देहको रंग भएकी, उछिट्टएिका ओठ र शंखजस्तै घाटी भएकी, हाँसझगै हिडाइ र मीठो वाणी बोल्ने भएकी, बेलको फलजस्तै कठोर स्तन भएकी, कपालको केश काला र लामा भएकी, नाच–गान जान्ने र मन पराउने स्त्रीलाई चित्रिणी भन्छन् । चित्रिणीको योनि बाटुलो हुन्छ र मदन–जल बढी बग्दछ ।

लोभ नभएकी दानी सुशीला, सत्य र प्रिय बोल्ने, दया र क्षमाले युक्त तथा धर्मकर्मको चेष्टा भएकी एवं देवता, ब्राहृमण र गुरुको सेवाभक्ति गर्ने, परपुरुषतिर मन डुलाउने, आफ्नै पतिसँग पनि बढी सम्भोग गर्नुभन्दा आलिंगन, चुम्बन र मर्दन आदि मन पराउने, मोटा–मोटा तिघ्रा भएकी, मीठो–मीठो खान खोज्ने, पुष्पमाला, आभूषण र चित्र–बस्त्र रुचाउने हुन्छन् । चित्रिणी नारीको योनि बाटुलो र अग्लो तथा मसिना रौं भएकी, शरीरबाट मधुको गन्ध आउने यस्ता लक्षणहरु भएका नारीलाई चित्रिनी भन्दछन् ।

शंखिनीको लक्षण

शंखिनी स्त्रीहरुका शरीरको मध्यभाग केही बढी लामो हुन्छ । यिनीहरुको विशाल नेत्र हुन्छ र शीलवती हुन्छन् । ठूला र कठोर स्तन एवं शरीरबाट क्षारको गन्ध आउँछ । घाँटीमा त्रिवली रेखा, मसिनु बोली, जुनबेला पनि समागमको इच्छा राख्ने, त्यही विषयको कुरा गरिरहने, रातो वस्त्र रुचाउने, शीघ्र क्रोधित हुने, शरीरका नसाहरु स्पष्ट देखिने, आफ्ना पति, गुरु, देवता र मान्यजनको लाज डर केही नमान्ने, सदा अर्काकै पतिको इच्छा राख्ने, चर्को स्वरले हाँस्ने, कोही निकै राम्री वा कोही कुरुप पनि हुन्छन् ।

शरीरबाट विचित्र प्रकारको दुर्गन्ध आउने नारी शंखिनी कहिन्छन् । चाक्लो र ठूलो नितम्ब हुने र योनिमा बढी रौं हुने, कामजल थोरै निस्कने तथा समागम गर्दा नखक्षत गर्ने एवं शरीर बढी तातो रहन्छ । ती पित्त प्रकृतिका, ठीक्कको आहारा भएका, गर्दभझैं बाणी–कर्ण–कटु हुने एवं कपटी र पापी विचार भएका स्त्री शंखिनी कहिन्छन् ।

हस्तिनीको लक्षण

हस्तिनी नारीहरु दिन–रात सम्भोगको इच्छा गर्ने र अग्लो शरीर भएका हुन्छन् । गाला, निधार, कान र नाकका प्वाल ठूलो भएका, तिघ्रा र पाखुरा सानो तथा मोटो भएका, आँखा राता–ता र विशाल, कपालका रौं खस्रा, कैला र मोटा, नाकका पोरा फुकेका, केही बाँगिएको घाँटी र फालीजस्ता दाँत, हात्तीको जस्तै चर्को बोली भएकी, शरीरबाट विचित्र प्रकारको गन्ध आउने, पर–पुरुषसँग सम्भोगको मौका खोजिरहने, हुन्छन् ।

साथै हस्तिनी नारीहरुका ठूलो नितम्ब हुने, कर्कशा, धेरै रिसाहा, औलाहरु बांगा–टिंगा भएको र डल्लो–मोटो तिघ्रा भएको, रजमा हात्तीको मदझैं गन्ध आउने, भगमा खस्रो मोटो र बाक्लो रौ भएकी, योनी ठूलो र गहिरो हुनाले सम्भोगमा कहिल्यै सन्तुष्ट नहुने । देवता, बाहृमण, गुरु आदिमा पनि अश्रद्धा राख्ने, निकै प्रचण्ड स्वभाव भएकी र दण्डद्वारा नै बशमा राख्न बाध्य हुनुपर्ने, जसलाई पनि डर–भय नमानी मनपरी बोल्न अघि सर्ने स्त्रीलाई हस्तिनी भन्दछन् । यो लेख पौराणिक ग्रन्थमा आधारित छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतवार १३:४९