सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या

काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा दुई महिला र दुई जना पुरुष छन् ।

प्रहरीका अनुसार गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र चार जनाको शव फेला परेको हो । मृतकको शवमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ ।

हत्या गरिएकाहरुमा दोलखाका तीन जना र धनकुटाका एक जना रहेका छन् । गएराति १२ बजेतिर घटना भएको बताइएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीहरू खटिएका र थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार ०६:४२