सूचनाको शक्ति - The Power Of Information

        

उच्च अदालतको न्यायाधीशमा २७ जना सिफारिस (सूचीसहित)

न्यायपरिषदले उच्च अदालतको न्यायाधीशमा २७ जनालाई सिफारिस गरेको छ । शुक्रबार बसेको न्यायपरिषदको बैठकले उच्च अदालतको न्यायाधीशमा २७ जनालाई सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षमा शुक्रबार बसेको परिषद्को बैठकले २७ जनाको नाम उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।

परिषद्ले न्याय सेवा, कानुन सेवा र सरकारी वकिल, जिल्ला न्यायाधीश र कानुन व्यवसायी मध्येबाट २७ जनाको नाम उच्च अदालतका न्यायाधीशका लागि सिफारिस गरेको हो । सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।

सिफारिसमा परेकाहरुको सूची :

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १६:१६