सूचनाको शक्ति - The Power Of Information

        

नेम्वाङको निधनमा प्रतिनिधि सभाबाट शोक प्रस्ताव पारित

प्रतिनिधि सभा बैठकले संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले स्व.नेम्वाङको निधनको शोक प्रश्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो । उहाँको निधनमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ ।

सभाको बैठकमा सभामुख घिमिरेले स्व. नेम्वाङले लोकतन्त्र र गणतन्त्रका लागि भएका हरेक आन्दोलनमा सक्रिय र प्रभावकारी भुमिका निर्वाह गर्नुभएका, संविधान सभामार्फत नेपालको संविधान निर्माणमा अहं र नेतृत्वदायी भुमिका खेल्नुभएका मृदुभाषी, सरल र सहज र समन्वयकारी व्यक्तित्वका धनी सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ २९ गते शुक्रवार १ बजे बस्ने छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार १८:४७