जीवनको कुनै न कुनै मोडमा हरेक व्यक्तिलाई जीवन साथी चाहिन्छ । यस्तो अवस्थामा कसैलाई आफ्नो जीवनसाथी समयमै भेटिन्छन् भने कसैले भाग्यमा छोडिदिन्छन् । यस्तै एउटा खोज एक अमेरिकी महिलाको हो, जो आजकल सामाजिक सञ्जालमा चर्चाको विषय बनेकी छिन् ।
स्मार्टफोन र सामाजिक सञ्जालको जमानामा यी महिलाले जीवनसाथी खोज्ने अनौठो तरिका अचम्मको छ । वास्तवमा यी महिला अमेरिकाको न्यूयोर्क सहरको सडकमा साथीको खोजी गरिरहेकी छिन् । महिलाले हातमा प्लेकार्ड बोकेकी छिन् । जसमा लेखिएको छ, ‘पति खोज्दैछु ।’ यसबाहेक उनले आफ्नो इन्स्टाग्राम अकाउन्ट पनि प्लेकार्डको तल दिएकी छन् ।
यो अनौठो विधि देखेपछि त्यहाँबाट जाने हरेक मानिस रोकिन्छन् र उनलाई हेर्छन् । यी महिलाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भिडियोलाई इन्स्टाग्राममा ११ लाखभन्दा बढी पटक हेरिएको छ । फक्स न्यूजको रिपोर्टका अनुसार ती महिलाको पहिचान २९ वर्षीया क्यारोलिना गीट्सको रूपमा गरिएको छ । उनी म्यानहट्टनकी बासिन्दा हुन् ।
रिपोर्टका अनुसार यी महिलाले पहिला आफ्नो पार्टनरको खोजीमा डेटिङ एपको सहारा लिएकी थिइन् तर त्यहाँ उनले केही हासिल गर्न सकिनन् । सामाजिक सञ्जालबाट व्यक्तिको सही पहिचान गर्न नसकिने र च्याटिङमा पनि धेरै समय खेर जाने महिला बताउँछिन् । यस्तो अवस्थामा उनको मनमा केही फरक गर्ने सोच आयो ।
फक्स न्यूजसँग कुरा गर्दै उनले भनिन कि यी चीजहरूले मलाई धेरै ऊर्जा दिन्छ र साथसाथै मलाई मानिसहरूबाट सकारात्मक प्रतिक्रिया पनि मिलिरहेको छ । महिलाले थप भनिन्, ‘एकजना पुरुषलाई बाटोमा देखेपछि भेटेकी छु । अहिले म उहाँसँग सम्पर्कमा छु र हामी एक अर्कासँग कुरा गरिरहेका छौं । भविष्यमा के हुन्छ हेर्नेछौं । अहिले मात्र कुरा गरिरहेका छौं ।’
सत्यपाटी संवाददाता । न्युयोर्क