सूचनाको शक्ति - The Power Of Information

        

एसिया कप क्रिकेटमा भारतद्धारा श्रीलंका पराजित

एसिया कप क्रिकेटको सुपर फोरमा भारतले लगातार दोस्रो जित निकालेको छ । गएराति सम्पन्न खेलमा भारतले घरेलु टिम श्रीलंकालाई ४१ रनले हराएको हो ।

श्रीलंकाको आर प्रेमादासा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ ओभर एक बलमा सबै विकेट गुमाएर २ सय १३ रन बनायो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन बनाए । श्रीलंकाका दुनिथ वेलालागेले पाँच विकेट लिंदा चरिथ असलंकाले चार विकेट झारे ।

जवाफमा २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४१ ओभर ३ मलमा अलआउट हुनुपूर्व १ सय ७२ रन मात्रै बनाउन सक्यो । श्रीलंकाका दुनिथ वेलालागेले ४२ रन बनाउादा धनञ्जय डी सिल्भाले ४१ रन जोडे । श्रीलंकालाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले चार विकेट लिए ।

प्रतियोगिताको सुपर फोरमा लगातार दोस्रो जित निकालेको भारतले फाइनल सम्भावनालाई बलियो बनाएको छ । शीर्ष स्थानको भारतको चार अंक छ । श्रीलंका र पाकिस्तानको दुई दुई अंक छ भने बंगलादेशले अंक जोड्न सकेको छैन ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार ०८:०८