सूचनाको शक्ति - The Power Of Information

        

तस्करी भएको ६१ किलो सुनको बिल नक्कली रहेको खुलासा

तस्करीबाट आएको सुन ।

राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको करिब ६१ किलो सुन नेपाल भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको ‘एयर वे बिल’ नक्कली रहेको खुलासा भएको छ ।

तस्कर समूहले बुझाएको ‘एयर वे बिल’ नक्कली रहेको हङकङ विमानस्थल भन्सारले पुष्टि गरेको हो ।

भन्सार कार्यालयले हङकङ विमानस्थल भन्सारलाई पत्र लेखी अनुसन्धानमा सघाउन गरेको आग्रहमा हङकङ भन्सारले एअर वे बिल नै नक्कली भएको जनाएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेले जानकारी दिनुभयो ।

सुन नेपाल ल्याउँदा ‘लिड विथआउट ब्याट्री’ लेखिएको र अन्य कागजातमा भने ‘ब्रेक सु’ लेखिएको महानिर्देशक पौडेलको भनाई छ ।

यस विषयमा पनि सीआइबीले थप अनुसन्धान गर्ने भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार ०७:५०