पूर्व-पश्चिम राजमार्ग अन्तरगत बाँकेको सम्शेरगन्जमा भएको सडक दुर्घटनामा ७ मृत्यु भएको छ । मृतकमध्ये ४ जना पुरुष र ३ जना महिला रहेको प्रहरीले जनाएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–८ सम्शेरगन्ज नजिकै भएको सडक दुर्घटनामा २५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घाइतेहरुको कोहलपुरिस्त नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ भने मृतकहरुको शव पनि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बसमा ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरिक्षक गोपीकृष्ण सुवेदीका अनुसार सम्शेरगन्जस्थित बाँके राष्ट्रिय निकुञ्ज नजिकै नेपाली सेनाको चेक पोष्ट नजिकै बिग्रिएर रोकिराखेको ट्रकमा बस ठोक्किएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ९ बाट भ्रमणमा गएर ठाकुरबाबातर्फ फर्किँदै गरेको बस दुर्घटना भएको जनाइएको छ । बस दुर्घटनामा मृत्यु भएका र घाइतेहरु परिचय खुल्न सकेको छैन ।
सत्यपाटी संवाददाता । बाँके