सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभा बैठक अनिश्चतकालका लागि स्थगित

राष्ट्रियसभा बैठक अनिश्चतकालका लागि स्थगित भएको छ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले आज शुक्रवार निकाल्नुभएको सूचनामा भदौ २४ गते आइतवार बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको उल्लेख छ ।

अर्को बैठकको मिति र समय राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको महासचिव गौतमले जानकारी दिनुभयो ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार अहिले राष्ट्रिय सभामा एजेन्डा नै छैन । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिमा अड्किएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयक आउन सक्ने अनुमान गरेर आइतवार राष्ट्रिय सभाको बैठक राखिएको थियो । तर ती विधेयक नआउने भएपछि बैठक अनिश्चितकालका लागि स्थगित गर्नुपरेको हो ।

पछिल्लो आठ महिनामा दुवै सदनबाट आर्थिक विधेयकबाहेक मिटरब्याजसम्बन्धी एउटा मात्र विधेयक पारित भएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार १७:०३