सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरस्थित जनता माविमा फेरी तालाबन्दी

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ स्थित जनता माध्यामिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले प्रधानाध्यापकको कार्यकक्षमा बिहीवार फेरी तालाबन्दी गरेका छन् ।

जनता माबिमा लामो समयदेखि बिद्यालय ब्यबस्थापन समिति गठन हुन नसकेको पुरानो समितिको म्याद सकिएकोले काम गर्न समेत नदिएको र समिति गठन गर्न प्रधानाध्यापकले ढिलासुस्ती गरेको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठनको इकाई कमिटीले तालाबन्दी गरेको जनाइएको छ ।

भाद्र ११ गते ब्यवस्थापन समिति गठन गर्न अभिभावक भेलाको आयोजना समेत भएको थियो र भेलामा विद्यालयमा भएका विभिन्न खाले भ्रष्टाचार, विकृति तथा अनियमितताबारे कुरा उठान भएपछि बोलाईएको भेला समेत प्रधानाध्यापक चन्द बहादुर खत्रीले बैधानिक नभएको आरोप लगाएका थिए ।

प्रधानाध्यापक माथि थुप्रै प्रकारका भ्रष्टाचारका आरोपहरु लागेपछि भेलामा उपस्थित अभिभावकहरुले प्रअको कार्यकक्षमा भाद्र ११ गते तालाबन्दि समेत गरेका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १८:१४