सूचनाको शक्ति - The Power Of Information

        

ललितानिवास जग्गा प्रकरणमा आजदेखि प्रतिवादी पक्षको बहस सुरू

ललितानिवास जग्गा हिनामिना प्रकरणमा सोमबारदेखि प्रतिवादीहरुको थुनछेक बहस सुरु हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको ईजलाशमा आइतबारदेखि सुरु भएको थुनछेक वहसका क्रममा ४ जना सरकारी वकिलले बहस गरेका थिए ।

सोमबार सरकारी वकिलहरुको वहस सकिएपछि प्रतिवादी तर्फको बहस सुरु हुनेछ । प्रतिवादीका तर्फबाट अभियुक्तहरुले नियुक्त गरेका वकिलहरुले बहस गर्नेछन् । उनीहरूको बहस सकिएपछि जाहेरवालाका तर्फबाट बहस हुनेछ ।

अन्तिममा सरकारी वकिलका तर्फबाट नै जवाफी बहस हुनेछ । सरकारी वकिलको कार्यालयले यही भदौ १० गते सरकारी छाप दुरुपयोगमार्फत किर्ते गरेको भन्दै ३ सय १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार ०८:०४