सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘ऐँचो पैँचो’ र ‘गणपति’ आजबाट रिलिजमा

जनै पूर्णिमा तथा गाईजात्राको सार्वजनिक बिदा पारेर दुईटा फिल्म ‘ऐँचो पैँचो’ र ‘गणपति’ले प्रदर्शन थालेका छन् ।

कृषा चौलागाईंले निर्देशकीय फिल्ममा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारी आदिको अभिनय रहेको छ ।

फिल्ममा अभिमन्यु निरवीको लेखन र पुरुषोत्तम प्रधानको छायांकन छ । यसै गरी `गणपति´ सबिन अधिकारीको निर्देशन रहेको फिल्ममा मुकुन र राजारामसँगै मेनुका प्रधान, सूर्य माला खनाल, प्रकाश घिमिरे, सुशील पोखरेललगायतको अभिनय छ ।

फिल्मको प्रस्तुतकर्तामा रामप्रसाद रिजाल रहेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १९:०६