प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन पर्ने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर मनाइएको छ । तिथी अनुसार बिहान जनै पूर्णिमा मनाइएको छ भने दिउँसो गाईजात्रा मनाउन थालिएको छ । आज बिहान काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वरलगायत शिवालयमा श्रद्धालुहरूको भीड लागेको थियो ।
सांस्कृतिक पर्वका रुपमा रहेको ‘गाईजात्रा’ आज मनाइएको छ । पछिल्लो एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने चलन छ । उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही खुवाइन्छ । यसो गर्नाले गत वर्ष मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास छ ।
यो पर्व राजा प्रताप मल्लको पालादेखि चलाइएको हो । पुत्रशोकले विह्वल भएकी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोरेको देखाउन ‘जनतालाई आ-आफ्नो घरका मृतकका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन’ आदेश दिएका आधारमा यो पर्व सुरु भएको बताइन्छ । तस्बीरमा राजधानीमा मनाउँदै गरिएको गाईजात्रा र बिहानको रक्षाबन्धनका केही दृश्य देखाइएको छ ।



























सत्यपाटी संवाददाता । काठमाडौं