सूचनाको शक्ति - The Power Of Information

        

ट्विटरमा अडियो र भिडियो कलको सुविधा !

सामाजिक सञ्जाल एक्स अर्थात ट्विटरमा अडियो र भिडियो कलको सुविधा उपलब्ध हुने भएको छ । एक्सका मालिक एलन मस्कले अडियो र भिडियो कलको सेवा उपलब्ध हुने जानकारी दिएका हुन् ।

यी फिचर एन्ड्रोइड, आइओएस, पीसी र म्याकमा उपलब्ध हुने छन् । यसका लागि कुनै फोन नम्बर आवश्यक पर्ने छैन । ग्लोबल एड्रेस बुकका लागि एक्स प्रभावकारी हुने मस्कको दावी छ । अडियो र भिडियो कलको फिचर कहिलेसम्म आउँछ त्यसको भने कुनै जानकारी दिइएको छैन ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १५:३९