सूचनाको शक्ति - The Power Of Information

        

आज क्वाँटी खानुका फाइदा

आज जनै पूर्णिमा। आज हरेकको घरमा क्वाँटी बनाएर खाइन्छ। जनै पूर्णिमाको दिन विभिन्न ११ प्रकारका गेडागुडी मिसाएर क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता रहेको छ। स्वास्थ्यका हिसाबले क्वाँटीका धेरै फाइदा छन्। 

क्वाँटीका खानुका फाइदाहरू के के हुन् ?
-क्वाँटीका खाँदा यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
-बालबालिकाको वृद्धि विकासमा सहयोग गर्नाको साथै कुपोषणबाट बचाउँछ।
-स्मरण शक्ति वृद्धि तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।
-तत्काल आवश्यक ऊर्जा प्राप्त हुन्छ।
-मांसपेशीको मर्मत सम्भारमा सहयोग गर्छ।
-रक्तसञ्चार र स्नायु प्रणालीमा फाइदा पुग्छ।
-क्वाँटीले कब्जियत हटाउनुका साथै पाचन शक्तिमा सुधार गर्छ।
-मधुमेह तथा पायल्स भएकालाई फाइदाजनक मानिन्छ।
-उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ।
-कोलेस्टेरोल नियन्त्रण गर्न सहयोग गर्छ।
-शारीरिक र मानसिक स्वास्थ्यमा सुधार गर्छ।
-पौष्टिक तत्त्व पर्याप्त मात्रामा पाइने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ।
-क्वाँटीमा भिटामिन ‘ए’, भिटामिन ‘बी’, भिटामिन सी, भिटामिन ‘ई’ तथा खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार ०७:१४