नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा आज पक्राउ परेका महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई अनु्मति दिएको हो ।
संगठित सुन तस्करी मुद्दामा महराको अनुसन्धानका लागि सीआईबीमाथि चर्को दबाब परेपछि उनी आज आफैं गएर आत्मसमर्पण गरेका थिए ।
यसअघि पक्राउ परेकाहरुविरुद्ध भने प्रहरीले सरकारको नियन्त्रणमा भएको सम्पत्ति चोरी गरेर विश्वास घात गरेको भन्ने आरोपमा मुद्दा चलाएको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौं