सूचनाको शक्ति - The Power Of Information

        

एसिया कपको उद्घाटनमा प्रस्तुति दिँदै नेपाली गायिका त्रिशला

एसिया कप क्रिकेट आज बुधबारदेखि पाकिस्तानमा सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा घरेलु टिम पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले इतिहासमै पहिलो पटक विश्व च्याम्पियन टोली पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको हो । ओडिआई क्रिकेट वरीयतामा शीर्ष स्थानको पाकिस्तान र नेपालबीचको खेल दिउँसो सवाँ ३ बजे मुल्तान क्रिकेट रंगशालामा सुरु हुनेछ ।

त्यसअघि २ बजेतिर नेपाली गायिका डा त्रिशला गुरुङ र पाकिस्तानी गायिका ऐमा बाइगले प्रस्तुति दिनेछन् । गुरुङ त्यसका लागि पाकिस्तान पुगिसकेकी छन् । उनीहरुले मुल्तान क्रिकेट रंगशालामा प्रस्तुति गर्ने भएका हुन् । उनीहरुले राष्ट्रिय गानलगायतको प्रस्तुति दिने छन् । यद्यपी प्रत्यक्ष प्रशारण भने हुनेछैन ।

मुल्तान रंगशालाबाट डा गुरुङले केही अन्तर्राष्ट्रिय प्रसारण नीतिहरूको कारण प्रत्यक्ष प्रसारण नहुने जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘दुर्भाग्यवश राष्ट्रिय गीत प्रदर्शन केही अन्तर्राष्ट्रिय प्रसारण नीतिहरूको कारण प्रत्यक्ष प्रसारण हुनेछैन । तर हामी पछि भिडियो अलग पोस्ट गर्नेछौं । सहयोगको लागि धन्यवाद ।’

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १२:४९