सूचनाको शक्ति - The Power Of Information

        

डिउटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

डिउटीमा रहेको अवस्थामा बेहोस भएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखाका प्रहरी हवलदार नवराज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाका अनुसार डोटीको दिपायल विमानस्थलमा डिउटीमा रहेका हवल्दार खड्का मंगलबार बेहोस अवस्थामा भेटिएका थिए । उनको उपचारका लागी शैलेश्वरी अस्पताल दिपायल लगिएको थियो ।

अस्पताल पुगेलगत्तै मृत घोषणा गरिएको थियो । विगत लामो समयदेखि डिप्रेसनको औषधी सेवन गर्दै आएका खड्काको मृत्युको कारण भने खुल्न नसकेको प्रहरी उपरीक्षक धमलाले बताए । मृतक खड्का दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्काका सहोदर भाइ हुन् ।

 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ०९:३२