सूचनाको शक्ति - The Power Of Information

        

सुन प्रकरणको छानबीनका लागि सिआइबीका एसएसपी हङकङमा

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीले ६१ किलो सुन तस्करी प्रकरणमा थप छानबीनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाएको छ ।

सो सुन प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको सिआइबीले आचार्यलाई हङकङ पठाएको हो । गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

उक्त सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै सिआइबीले पत्राचार गरेपछी हाल इन्टरपोलको सहायतामा सुन प्रकरणको छानबीन गरिरहेको छ ।

प्रहरीले अहिेलेसम्म २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ०८:१६