सूचनाको शक्ति - The Power Of Information

        

`उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला´ (भिडियो)

फिल्म ‘गणपति’को  गीत ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ सार्वजनिक भएको छ ।  बाबुल गिरीको स्वर र सङ्गीत अनि शङ्कर अधिकारी ‘घायल’ को शब्द रचना रहेको गीतलाई युट्युब च्यानल ओएस आरबाट रिलिज गरिएको हो ।

निर्देशक सविन अधिकारीको निर्देशन रहेको फिल्मलाई सेभेन सिज इन्टरटेन्मेन्टले ले ओभरसिज, एफडि र श्रीराम बालाजी फिल्मस्ले नेपाल भरका हलमा वितरण गर्न लागेको फिल्म मिडिल इस्ट,न् युजील्याण्ड र अस्ट्रेलियाका हलमा भने १५ सेप्टेम्बरमा प्रदर्शन हुनेछ ।

निर्देशक सबिनकै लेखन रहेको फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्य माला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु तथा कालु रानाको अभिनय छ ।

फिल्म भाद्र १४ बाट प्रदर्शनमा आउँदै छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १९:०८