सूचनाको शक्ति - The Power Of Information

        

नेपाली सेनाका मेजरको अवस्था अझै अज्ञात

डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स ब्यारेक भदालेका प्रमुख मेजर विमल पण्डितको अवस्था अझै अज्ञात छ । आइतबार साँझदेखि बेपत्ता भएका पण्डितको बारेमा अहिलेसम्म कुनै क्लु भेटिएको छैन ।

मेजर पण्डित सदरमुकाम दुनैबाट सार्वजनिक जिप रिजर्भ गरेर त्रिपुराकोट हिँडेको र त्यसपछि सम्पर्कविहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए ।

त्रिपुरा, लिपु, खोदाङ लगायत क्षेत्रमा उनको खोजी भइरहेको छ । उनको खोजीमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन् । मेजर पण्डितको स्थायी घर काठमाडौं हो ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १०:०२