सूचनाको शक्ति - The Power Of Information

        

इराकमा सन् २०१६ को बिस्फोटमा संलग्न ३ जनालाई मृत्युदण्ड

इराकमा बम बिस्फोटमा संलग्न ३ जनालाई मृत्युदण्ड दिइएको छ ।

इराकको राजधानी बग्दादमा सन् २०१६ मा भएको बिस्फोटमा ३ सय बढीको मृत्यु र सयौं घाइते भएको घटनामा दोषी ठहर भएका इस्लामिक अतिबादी संगठन आइएसका ३ जनालाई मृत्युदण्ड दिईएको हो ।

इराकमा सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछीको सो बमबिस्फोट निकै नै घातक भएको ठहर गर्दै सोही घटनामा संलग्न ३ जना तत्काल पक्राउ परेका थिए ।

इराकका प्रधानमन्त्री मोहमद शिया अल सुदानीको कार्यालयले मृत्युदण्ड दिइएकाहरुको नाम भने सार्वजनिक गरिएको छैन । यद्दपी मृत्युदण्डको सजायँ पाउनेमा आइएसका मुख्य योजनाकारका रुपमा रहेका गजवान अल जबाबी पनि रहेको बुझिएको छ ।

सन् २०१६ को जुलाइ ३ मा इराकको बग्दादमा ब्यस्त बजारमा सवारीसाधनमा भएको बिस्फोटमा ३ सय जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार ०८:५१